जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा डा.केसि र कुलमानको समर्थनमा शान्तिपुर्ण धर्ना कार्यक्रम

कृष्ण  बराल,  पोखरा।      स्वास्थ्य शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताको माग राख्दै डा. गोबिन्द केसीले जुम्लाको रानिचौर स्थित बाबिरामष्ट मन्दिर परिसरमा शुरु गरेको सत्याग्रह आज असोज ४ गते ७ औ दिनमा पुगेको छ । सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमैँ ‍नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका थिए । उहाँलाई तुरून्तै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्नु पर्ने चिकित्सकहरूको सुझाव दिएको थिए । हिजो राती प्रशासनले प्रहरीको सहयोगमा डा.केसिको इच्छा बिपरित हस्पिटल लगिए थियो । साथै उहाँले माग पूरा नभैन्जेल उपचार नलिने अडान लिनुभएको छ ।

डा. केसिका मागहरु यथाशीघ्र पुरा गर्दै वहाँको जिवन रक्षाको र उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित “जागौ पोखरा” अभियानले Solidarity for Dr. Govinda Kc Allaince र सार्बजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्यापटर सङ सहकार्य गर्दै आज देखि पोखराको चिप्लेढुङ्गा, बिपिको सालिक अगाडि सडक पेटिमा ११ देखि १२ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रम सुरु गरेको छ । धर्ना कार्यक्रम डा.केसिले अन्सन बस्दा सम्म जारी राख्ने र भोलि असोज ५ गते बाट स्थान परिवर्तन गरि पृथ्वीचोक,पोखरा मल अगाडि बस्ने “जागौ पोखरा” अभियानका सुचना अधिकारी तथा प्रबक्ता कृष्ण बरालले जानकारी दिनुभयो ।

सोलिडारिटी फर डा. गोबिन्द केसि एलाइन्स, पोखराका अभियान्ता सुरश पाहारीले एलाइन्सले काठमाडौंमा हिजो देखि नै धर्ना सुरु गरेको र नेपाल भर कार्यक्रम गर्ने तयारी भैरहेको जानकारी दिनुभयो । साथै प्रत्येक ठाउमा स्थानीय स्वतन्त्र अभियान्ता, नागरिक सङ सहकार्य हर्दै कार्यक्रम बृहत रुपमा संचालन गर्ने जानकारी गराउनु भयो ।