जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीय युवतीको ज्यान मृत्यु , थप २४ जनालाई संक्रमण पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणका अनुसार पोखरामा थप १ जनाको निधन कोरोना संक्रमणबाट निधन भएको हो ।

पछिल्लो पटक पोखरामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा २५ वर्षीय महिला रहेकी छिन् । पोखरा १ की उनको उपचारका क्रममा माघ ७ गते बुधबार राति ९ बजेर ५६ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई माघ ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या २ सय ३ पुगेको छ ।

यसैबीच पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७६ वर्षीय १ जना महिला तथा ५७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२ नम्बर वडामा २३ वर्षीय १ जना पुरुष तथा ४ नम्बर वडामा ४० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ४९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ मा २८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ र ३७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

९ नम्बर वडामा ३२ वर्षीय १ जना पुरुष, १० नम्बर वडामा ३० वर्षीय १ जना पुरुष तथा १२ नम्बर वडामा ६० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा १४ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ र ६३ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ वर्षीय १ जना महिला तथा ६० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा २७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय १ जना महिला तथा ५८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४८ र ५१ वर्षीय २ जना महिला सहित ७८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर २ का ४३ वर्षीय तथा ४ का ५१ वर्षीय पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ९१ पुगेको छ ।