जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट १ पुरुषको मृत्यु

जन्मभुमि खबर । पोखरामा कोरोना संक्रणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

पोखरा-१३ निवासी ७७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा-११ फूलवारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मंगलबार राति मृत्यु भएको हो । उहाँमा छातिको समस्या समेत रहेको वताइएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७३ पुगेको छ ।