जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट ३४ वर्षीय युवकको मृत्यु

जन्मभुमि खबर  कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका निवासी ३४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो  ।

यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत युवकको  कोरोना संक्रमणबाट सोमबार दिउसो ४.०० बजे मृत्यु भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७२ पुगेको छ ।