जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट थप १ पुरुषको मृत्यु

जन्मभुमि खबर , पोखरा – पोखराका ७० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।

कार्तिक ३० गते आइतबार कोरोना संक्रमण देखिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उक्त पुरुषको आज बिहान ५:२२ बजेको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले पुष्टि गरे ।

मृतक पुरुषमा निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२४ को छ ।