जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

जन्मभूमि खबर  पोखरामा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा उपचाररत पोखरा १५ निवासी ५४ वर्षीया महिलाको विहीबार मृत्यु भएको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टिभई अस्पतालमा भर्ना भएकी महिलाको उपचारकै क्रममा विहीबार दिउसो ३.०० बजे निधन भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ