जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोनाले उग्र रुप लिदै/आज मात्र १७६ जना सक्रमीत ६ जनाको मृत्यु

पोखराका १७६ जनासहित गण्डकी प्रदेशमा २६४ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार दिउसो गण्डकी प्रदेश स्वासथ्य निर्देशनालयले दिएको जानकारी अनुसार १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो,आज मात्र पोखरामा ६ जनाको मृत्यु भएको छ
मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३२ का ४२ वर्षीय संक्रमित महिला, वडा नं २६ का ७३ वर्षीय पुरुष, वडा नं २५ का ५२ वर्षीय पुरुष, वडा नं १६ का ५९ वर्षीय र २८ वर्षीय पुरुष रहेका छन् ।