जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु

जन्मभुमि खबर  पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल अस्पतालमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत १ जना र फिस्टेल हस्पिटलमा उपचाररत १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मंसिर १७ गते कोरोना पुष्टि भई उपचाररत पोखरा १४ का ७४ वर्षीय पुरुषको मंसिर २३ गते बिहान ७ :२५ बजे तथा मंसिर २१ गते कोरोना पुष्टि भई उपचाररत पोखरा १५  का ६७ वर्षीय पुरुषको मंसिर २४ गते बिहान ४ :२० बजे गण्डकी मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा-१३ का  ७७ वर्षीय पुरुषको मंसिर २३ गते राति तथा मंसिर १७ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १६ की ५९ वर्षीया महिलाको मंसिर २४ गते बिहान ५ :२०  बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७६ पुगेको छ ।