जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोरोनाका कारण १ जनाको निधन

जन्मभुमि खबर,पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप १ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा महानगरपालिका २ की ५८ वर्षिया महिलाको उपचारको क्रममा बिहिबार बिहान ७ बजेर ३५ मिनेट जाँदा फिस्टेल अस्पतालमा ज्यान गएको हो । उनलाई पुष १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।