जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोराना संक्रमित एक महिलाको निधन

जन्मभुमि खबर सम्वाददाता । पोखरामा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं १२ की ६२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उपचारको क्रममा विहिबार राति पौने १२ बजे उहाँको निधन भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा उहाँको निधन भएको हो । गत पुष २१ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा न्युमोनिया र मधुमेह लगायतको समस्या रहेको पनि निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

विहिबार थप १ जनाको निधनसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको निर्देशक डा. शमाले बताउनु भएको छ ।