जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा एकै पटक थपिए ७० कोरोना संक्रमित

कास्कीका ७८ सहित गण्डकीका १६० जनामा कोरोना संक्रमण

जन्मभुमि खबर  कास्कीका ७८ सहित गण्डकी प्रदेशमा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, ४ का २ महिला, ५ का ४ पुरुष तथा १ महिला, ६ का २ महिला तथा १ पुरुष, ७ का ५ पुरुष तथा ३ महिला, ८ का ४ पुरुष तथा ३ महिला, ९ का २ पुरुष, १० का २ पुरुष, ११ का २ पुरुष, १२ का १ महिला, १३ का १ पुरुष तथा १ महिला, १४ का ७ पुरुष तथा ३ महिला, १५ का १ महिला, १७ का २ पुरुष तथा १ महिला, २० का १ पुरुष, २२ का १ पुरुष, २५ का १ महिला, २६ का १ पुरुष तथा १ महिला, २७ का १ पुरुष, २९ का १ पुरुष, ३० का २ पुरुष तथा २ महिला, ३१ क १ पुरुष ३२ का १ महिला, वडा नखुलेका ३ पुरुष तथा ४ महिला रहेका छन् ।

त्यस्तै कास्कीको मादी गाउँपालिका वडा नखुलेका ३ पुरुष तथा १० महिने बालिकासहित ५ महिला, बागलुङ गलकोटका १ पुरुषm जैमनीका १ पुरुष, बागलुङ नगरपालिकाका १ पुरुष तथा ५ महिला, गोरखा जिल्ला सिरानचोक गाउँपालिकाका ४ पुरुष तथा १ महिला, गोरखा अस्पतालमा उपचाररत ५ पुरुष तथा ४ महिला लमजुङ जिल्ला मध्य नेपालका ११ पुरुष तथा ३ महिला, मुस्ताङ जिल्ला ८ पुरुष तथा ५ महिला, नवलपुर विनय त्रिवेणीका २ पुरुष तथा १ महिला, गैंडाकोटका ७ पुरुष तथा २० महिला, पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ पुरुष, फलेवासका १ पुरुष, पैंयूका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०४९० पुगेको छ ।