जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

जन्मभुमि खबर  पोखरामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

आफ्नै  १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंसिर ६ गते आफ्नै नाबालिग छोरीलाई होटेलमा लगी जबरजस्ती अश्लील  फोटो र भिडियो देखाएर बलात्कार गरेको भन्ने  जाहेरीको आधारमा बालिकाका बुवा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार पक्राउ परेका पुरुषले विगत केही वर्ष अगाडिदेखि अनेकौँ बहानामा छोरीलाई बलात्कार गर्दै आएका  थिए ।

पक्राउ परेका पुरुष  विरुद्ध हाडनाता करणी कसुरमा अदालतबाट  म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

प्रहरीले पीडित  बालिकाको पहिचान गोप्य राख्नका लागि पीडकको नाम ठेगाना समेत  सार्वजनिक गरेको छैन ।