पोखरामा आज ४ जना सहित गण्डकी प्रदेशमा ८८ जना कोरोना संक्रमितको मृत्यु
पोखरा । आज मात्रै पोखरामा कोरोना संक्रमणकाकारण ४ जनाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार मृत्यु हुनेमा पोखराका १३ का ५५ वर्षीय पुरुष संक्रमित रहेका छन् । त्यस्तै, वडा ५ का ५९ वर्षीया महिला संक्रमित, वडा ६ का ७२ वर्षीय पुरुष र वडा ३ का ५२ वर्षीय पुरुष संक्रमित रहेका छन् । सबै संक्रमित उपचाररत थिए । यस्ततै बागलुङ जिल्ला , बाग्लुङ नगरपालिका -३ का ६१ र ६६ वर्षीय पुरुष, तनहुँका व्यास नगरपालिका ५ का ६६ वर्षीय पुरुष र नवलपरासीका ८० वर्षीय पुरुषको ज्यान गएको छ । उनीहरु सबैको उपचाररत अवस्थामा ज्यान गएको हो । यो सँगै आज प्रदेशमा ८ जनाको कोरोनाका कारण ज्यान गएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।