जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट लागूऔषध गाँजासहित ३ पक्राउ

जन्मभुमि खबर  पोखरा-३१को लेखनाथ स्थित नहरचोकबाट लागूऔषध गाँजासहित ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हंसपुर अन्तरगत शिसुवा स्थित डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले ती युवालाई लागूऔषध १ केजी १ सय ग्राम, मोवाईल २ थान र नगद ३ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–३१ किमबेँसी निवासी २६ वर्षीय जीवन भुजेल, रुपा गाउँपालिका-७ निवासी २६ वर्षीय रुबिन गुरुङ र पोखरा–३१ निवासी एकजना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उनीहरुलाई लागूऔषध सम्वन्धी कसूरमा अनुसन्धान गरिएको छ । उनीहरु बुधबार दिउसो ४.३० बजे पक्राउ परेका हुन् ।