जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट लागूऔषधसहित १ युवा पक्राउ

जन्मभुमि खबर । पोखराको लामाचौरबाट लागूऔषधसहित एक युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ६.३० बजे प्रहरीले कास्की माछापुच्छ्रे-१ भुर्जुङखोला घरभई पोखरा–१९ लामाचौर बस्दै आएका ३५ वर्षीय मिनबहादुर तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालका अनुसार तामाको साथबाट लागूऔषध डाइजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले तामाङलाई लामाचौरबाट पक्राउ गरेको हो ।

तामाङलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जानकारी प्रहरी निरीक्षक बस्यालले दिनुभयो । पछिल्लो समय कास्की प्रहरीले लागूऔषध कारोवारी तथा सेवन कर्तालाई पक्राउ गर्ने कार्यमा सक्रिय देखिएको छ ।