जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट एभरेस्ट एफ.एम. ९३ मेघाहर्ज शुभारम्भ, मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

जन्मभुमि खबर,पोखरा । पोखराबाट एभरेस्ट एफ.एम. ९३ मेघाहर्ज शुभारम्भ गरिएको छ।

नोबेल कोरोना (कोभिड–१९) महामारीकै बीच सञ्चार क्षेत्रमा दुई दशकको अनुभव सँगालेका पोखराका अग्रज सञ्चारकर्मी र उद्यमीसँगको सहकार्यमा सो अनलाइन सञ्चालनमा ल्याइएको हो ।

एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को विधिवत रूपमा उद्घाटन गरेकी हुन् । एभरेस्ट मिडिया हाउस प्रा.लि.की अध्यक्ष कर्मकुमारी गुरुङले एफ.एम.को विधिवत रूपमा उद्घाटन गरेकी हुन् । ब्राह्मण पण्डित र लामा गुरुङद्वारा स्वस्ति वाचन गरी एफ.एम.को शुभारम्भ गरिएको हो ।

यसअघि, प्रा.लि.मार्फत एभरेस्ट आवाज डट कम न्यूज पोर्टल वेवसाइट प्रकाशनमा आइसकेको छ ।

यसै वर्षभित्र मिडिया हाउसको अर्को सञ्चार माध्यम टीभी सञ्चालनमा ल्याउने मिडिया हाउसका कार्यकारी निर्देशक दीपेन्द्र श्रेष्ठले जनाएका छन् ।

एफएम शुभारम्भको अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् ।