जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सेती नदीको किनारमा महिलाको शव फेला

 

जन्मभुमि खबर पोखरामा शुक्रबार दिउँसो सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

पोखरा वडा नं २९ को पटनेरी र वडा नं ३३ को बागमारा जोड्ने पटनेरी स्थित सेती नदीको पुलबाट दिउसो १२.५५ बजे खसेर परिचय नखुलेकी ५१ वर्षीय महिलाको मृत्यु भएको हो ।

पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।