जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको याम्दीमा अलपत्र यात्रुलाई पौरखी युवा समूहद्धारा खानाको व्यवस्था

पोखरा १३, बैशाख
कमल पौडेल अथक

शुक्रवार वेलुका साढे ७ बजी सकेको थियो । एउटा निजी कारमा केही युवाले प्याकिङ खाना लिएर पोखराको याम्दीमा झरे । जहाँ बाग्लुङवाट आएका यात्रुहरु थिए । रौतहट जिल्ला घर भएका अधिकांश यात्रुलाई सिम्पानी प्रहरीले विहीवार साँझदेखि त्यही रोकेको थियो । यात्रुहरु अधिकांश मजदुर र तिनका परिवार रहेका थिए ।


बाग्लुङवाट पर्वत हुँदै तीनवटा वसमा आएका झण्डै २ सय जना यात्रुलाई प्रहरीले रोकेपछि उनीहरु भोक भोकै थिए । जव युवाहरु खाना लिएर त्यहाँ पुगे तव उनीहरु त्यो खाना हात पार्न हतार गर्दै थिए । त्यही वेला ति युवाहरुले सामाजिक दूरी कायम गरेर एक एक गरेर लैजानुहोला भन्दै सवैमा उर्दी जारी गरे । त्यसमा सिम्पानी चेकपोष्टका प्रहरीले पनि दूरी कायम गराउन सहयोग गरे ।
आफ्नो गृहजिल्ला रौतहट हिँडेका उनीहरु २४ घण्टा पोखराको याम्दीमा अलपत्र पर्नुको कारण थियो । रौतहटमा क्वारेन्टिन नवन्नू । यहाँको प्रहरीले रौतहट प्रहरीलाई सोधेपछि त्यहाँ क्वारेन्टाइन नभएको सन्देश आयो । २४ घण्टामा त्यहाँ क्वारेन्टाइन तयार गरेर शुक्रवार राति ८ वजे ति यात्रु पोखरावाट रौतहट छुटाएको वडाप्रहरी कार्यालय वगरका प्रमुख मुक्ति सापकोटाले जानकारी दिए । उनले भने हाम्रो यात्रु रोक्ने नियत होइन, तर संवन्धित जिल्लामा पुगेपछि त्यहाँको पूर्वाधारलाई हेरेर उनीहरुलाई रोकेका हौं । उहाँ क्वारेन्टिन तयार भएको खवर आएपछि हामीले उनीहरुलाई छुटायौं ।
पोखरामा रहेको पौरखी स्वयंसेवी युवा समूहले अहिलेसम्म लकडाउनको कारण बाटोमा अलपत्र परेका ७ हजार नागरिकलाई खाना तथा खाजा खुवाएको दावी गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएसँगै नेपालमा लकडाउन भएपछि यो समूहले सेवा विस्तार गरेको हो । पोखराको जिरो स्थित शान्तिनगर बैंक्युटलाई चुलो वनाएर युवाहरुले खाना वनाउने र खुवाउने काम गरेका छन् ।
केही दाताहरुले दिएको चामल र तरकारीको माध्यमवाट खाजा र खाना वनाएर खुवाउँदै आएको समूहका युवा राजु तिमिल्सिनाले वताए । हाम्रो निरिक्षण मुख्यमन्त्री, सांसद र मेयरले समेत गरे तर सवैले मुख मात्रै देखाए तर हामीलाई केही मनकारी जनहरुले चामल र तरकारी सहयोग गर्नुभएको छ, त्यसैले यो काम गर्न सहज भएको छ ।
हामीले यो देशमा सरकार छ भन्ने अनुभूति गर्न सकेका छैनौं भने सामान्य नागरिकले कसरी गर्ने उनले भने । झूठो आश्वासनले मान्छेको भोक र प्यास नमेटिने उनले वताए । हामी विहान ६ वजेदेखि राति ९ वजेसम्म सो समूहमा राजु तिमिल्सिना, प्रजापति अधिकारी, कमल मण्डारी, वालकृष्ण कोइराला, जनकराज पराजुली, विष्णु वराल, भानु अधिकारी, विष्णु पौडेल, राजेन्द्र पौडेल, शिव थापा र खेमराज तिमिल्सिना रहेका छन् ।