जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको फुलबारीबाट गाँजासहित १९ वर्षीय युवक पक्राउ

जन्मभुमि खबर,पोखरा  लागुऔषध गाँजा सहित पोखराबाट १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पोखरा तथा मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले गाँजासहित १ जनालाई गत पुस २९ गते पोखरा ११ फुलबारीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ घर भएर हाल पोखरा ११ फुलबारी बस्ने १९ वर्षीय समन लिम्बु रहेका छन् । पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले ५ सय ग्राम गाँजा बरामद गरेको छ ।

लिम्बुलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ