जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको न्यूरोडबाट लागूऔषधसहित एक युवा पक्राउ

जन्मभुमि खबर पोखराको न्यूरोडबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

कास्की प्रहरी र लागूऔषध नियन्त्रण व्यूरो कास्कीको टोलीले पोखरा-८ न्यूरोडबाट लागूऔषधसहित तनहुँ व्यास नगरपालिका-८ घरभई पोखरा-८ न्यूरोड बस्ने ३० वर्षीय अशोक वाचे मगरलाई सोमबार साँझ पक्राउ गरेको हो ।

पोखरा न्यूरोड स्थित मगरको कोठाबाट लागूऔषध डाइजापाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुलका साथै मोवाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिनुभयो ।

पक्राउ परेका मगर लाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान अगाडि वढाइएको जानकारी प्रहरी प्रवक्ता बस्यालले दिनुभयो । कास्की प्रहरीको टोलीले दुई दिनअघि पनि कास्कीको काँहु भञ्ज्याङबाट लागूऔषध सेवन तथा कारोबार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको थियो ।