जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको नदीपुरबाट लागुऔषध सहित १ पुरुष पक्राउ

जन्मभुमि खबर,पोखरा । पोखरामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको युनिटबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पोखराबाट हिजो १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ३ नदीपुरमा बस्दै आएका ३४ वर्षीय बालकृष्ण गिरी रहेका छन् । उनलाई हिजो साँझ ७ बजेको समयमा प्रहरीको टोलीले नदीपुरको रामेश्वर मन्दिरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीको साथबाट प्रहरीले डाइजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल तथा ब्रुफिनर्फिन ३५ एम्पुल सहित १ सय ६ एम्पुल लागुऔषध बरामद गरेको छ । प्रहरीका अनुसार उनलाई लागुऔषध सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट ७ लिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।