जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको धर्मस्थलीमा १ लाखको अक्षयकोष स्थापना

कमल पौौडेल अथक ।
पोखरा १५, असार

पोखरा महानगरपालिका वडा नं ५ मा अवस्थित धर्मस्थली आधारभूत विद्यालयमा सोमवार १ लाख राशीको अक्षयकोष स्थापना गरिएको छ ।
पोखरा ५ निवासी बद्रीप्रसाद पराजुलीले आफ्नी आमा रेवाकुमारी पराजुलीको शतवार्षिकीको अवसरमा सो कोष स्थापना गरिदिएका हुन् ।


सो रकम उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुली र विद्यालयका प्रधानाध्यापक केदारनाथ वराललाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वोल्दै विद्यालयका प्रधानाध्यापक वरालले विद्यालयमा हालसम्म विभिन्न व्यक्तित्ववाट २१ वटा अक्षयकोष स्थापना भएको र सवै गरीव जेहेन्दार विद्यार्थी केन्द्रीत रहेको वताए ।
शताव्दी महिला रेवाकुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा छोरा बद्री पराजुली, केदारप्रसाद पराजुली, नाती रामेश्वर पराजुली र समाजसेवी पुरुषोत्तमप्रसाद पराजुलीले आ आफ्ना भनाई राखेका थिए ।