जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको दुई कुलाको मुहानस्थित नहरमा एक पुरुषको शव फेला

जन्मभुमि खबर,पोखरा – पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -१३ दुई कुलाको मुहानस्थित नहरमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार नहरको जालिमा अड्किएको अवस्थामा मृत फेला परेका अन्दाजी ३५ वर्षको जस्तो देखिने उक्त शवको पहिचान भइसकेको छैन ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।