जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत अवस्थामा फेला

जन्मभुमि खबर,पोखरा । पोखराको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -१३ आर्वा अमलचौरस्थित सडक किनारमा सोही स्थान बस्ने ५५ वर्षीय दधिराम परियार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।

यस्तै पोखरा -२४ कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

पोखरा -२८ घर भएका २८ वर्षीय विश्वरन्जन तिमिल्सिना घोप्टो परेर तैरिरहेको अवस्थामा उक्त पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले दुबै घटनाका विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।