जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको आश्रममा एक व्यक्तिको मृत्यु

जन्मभुमि खबर पोखराको छेरेपाटन स्थित मानवसेवा आश्रममा मंगलबार बिहान एक पुरुषको मृत्यु भएको छ ।

पोखरा–१७ छोरेपाटन स्थित मानवसेवा आश्रममा ११ दिनदेखि बस्दै आएका भारतको उत्तराखण्ड निवासी ५२ वर्षीय बाबान्याह सन्तोष नाम गरेका व्यक्तिको बिहान १०.१० बजे मृत्यु भएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।