जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आर्थिक अनियमितता भएको भन्दै ध्यानाकर्षण

जन्मभुमि खबर , पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आर्थिक अनियमितता भएको भन्दै त्यसको खवरदारी गर्न सूचना अभियान्ता दीपक आचार्यको नेतृत्व टिम त्यहाँ पुगी ध्यानाकषर्ण गराएको छ ।

नेपाल पर्वतारोहण संघको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा ब्यापक अनियमितता र भ्रष्टचार सूचनाका आधारमा उक्त टिम सोमबार त्यहाँ पुगि ध्यानाकर्षण गराएको हो । उक्त टिमले कार्यलय प्रमुख लगायत सम्पूर्ण कर्मचारीलाई राखि अनियमितता र भ्रष्टचारको सत्य तथ्य बुझेको छ। पत्रकारसहित गएको सो टिमले स्थाई कर्मचारी निकालिनुको कारण, भैइरहेका कर्मचारीलाई आधा तलब दिनुको कारण सहित १२ बुँदामा सूचना माग गरेको छ। करिव १०४ रोपनीको क्षेत्रफलमा रहेको उक्त संग्रहालयको २०७० श्राबण १ देखि २०७७ कार्तिक २० सम्मको सम्पुर्ण हिसाब किताब समेत सो टिमले माग गरेको कुरा सूचना अभियान्ता दीपक आचार्यले जानकारी गराउनुभयो। उहाँका अनुसार अहिले कमचारीलाई आधा तलब मात्र दिईरहेको अबस्थामा अन्य खर्च गरि क्लाईमिङ वाल भत्काउनु पर्ने कारण र सोही संस्थाका सल्लाहाकार रामचन्द्र कार्कीलाई रेष्टुरेन्टको टेन्डर दिनु पर्ने बाध्यात्मक अबस्थाको बारेमा पनि सूचना माग गरिएको छ । अभियान्ता आचार्यको नेतृत्वमा गएको टिमले संग्रहालय बिश्वकै एउटा गहना भएको र यो पोखरामा रहेको हुंदा संग्रहालयमा अनियमितता र भ्रष्टचारको कुरा सुन्न नपरोस भन्दै कार्यलय प्रमुख र कर्मचारीलाई आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न र कहिकतै त्यस्ता सूचना भएमा नडराईकिन बाहिर ल्याउन आग्रह गर्नुभयो ।

कोरोना महामारी जस्तो अबस्थामा कर्मचारिको सेवा सुबिधालाइ पहिलो प्राथमिकतामा राखी निर्माण कार्यलाई दोश्रो प्राथमिकता राखी मानवीयतालाई नभुल्न सो टिमको बिशेष आग्रह रहेको थियो । रकम नभएर स्थायी कर्मचारी समेत हटाएको र अन्य कर्मचारीलाई आधा तलब दिदै आएको संग्रहालयको करोडौ रकमको ब्याज समेत संस्थामा नदेखिएपछि अनियमितता व्यापक भएको हअभियान्ताहरुले बताएका छन् ।

करोडौ रकम रहेको संस्थाले आर्थिक अभाबको कारण देखाउदै कर्मचारीको तलब कटौती गर्नु र अन्य निर्माण कार्य भने धमाधम हुनु श्रमजीवी मजदुरको बिरुद्दको कार्य रहेको अभियान्ताहरुको आरोप छ । उक्त समुहले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा ७ बमोजिम भइरहेको कार्यको स्थलगत अध्ययन समेत गरेको थियो ।