जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ९ जना सहित गण्डकीमा थप ११ जनामा जनामा कोरोना संक्रमण

जन्मभुमि खबर पोखरामा ९ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ का १ पुरुष, ६ का १ पुरुष, ७ की १ महिला, ११ का २ पुरुष, १५ का १ पुरुष, १७ का २ महिला, ३१ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा जिल्ला आँधीखोलाकी १ महिला, अर्जुनचौपारीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३० पुगेको छ ।