जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ९७ सहित कास्कीमा थप १०० जनामा कोरोना पुष्टि

जन्मभुमि खबर पोखरा महानगरका ९७ सहित   बिहीबार बिहान कास्की जिल्लामा  थप १ सय जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा १०० सहित, तनहुँका ११, लमजुङका २, पर्वतका १४, वागलुङका २ ,  स्याङजका  २ तथा नवलपुरका ४३ गरी गण्डकी प्रदेशमा बिहीबार बिहान १७८ संक्रमित थपिएका हुन ।

कोरोना संक्रमण पुष्टि  हुनेहरुमा पोखरा महानगर वडा नं  १ की १ महिला, २ का १ पुरुष तथा  २ महिला, ३ का ४ पुरुष तथा ३ महिला, ४ का ६ पुरुष तथा १ महिला ,  ५ का ८ पुरुष तथा १ महिला, ६ का १ पुरुष, ७ का ४ पुरुष, ८ का २ पुरुष तथा १ महिला, ९ का ४ पुरुष तथा ३ महिने बालिका सहित  ५ महिला, १० का २ पुरुष तथा २  महिला, ११ का ४ पुरुष तथा २ महिला, १२ का १ पुरुष, १३ का १ पुरुष, १४ का ४ पुरुष , १५ का ३ पुरुष तथा ७ महिला, १६ का १ पुरुष , १७ का ९ पुरुष तथा ४ महिला, २१ की १ महिला, २५ का १ पुरुष तथा ३ महिला, २६ का १ पुरुष, २७ की १ महिला, ३१ का १ पुरुष , ३३ की १ महिला, वडा नखुलेका ३ पुरुष तथा १ महिला र अन्नपुर्ण गाउँपालिकाका १ पुरुष तथा २ महिला रहेका छन्  ।

त्यसै गरी बागलुङ, जैमिनी ५ का १ पुरुष, काठेखोला १ की १ महिला, लमजुङ् मर्स्याङ्दी ३ का २ पुरुष, तनहुँ शुक्लागण्डकीका ८ पुरुष तथा ३ महिला,  स्याङजा विरुवा वडा नखुलेकी १ महिला, पुतलीबजार २ का १ पुरुष, पर्वत कुश्मा ६ का १ पुरुष,  ७ का १ पुरुष, १० का १ पुरुष, जलजला ३ का ८ पुरुष तथा २ महिला, ७ का १ पुरुष  र नवलपुर कावासोतका  वडा नखुलेका २७ पुरुष तथा २० महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४  सय ४२ पुगेको छ ।