जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ६ जना सहित प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा ४ का ४६ वर्षीय १ जना पुरुष, ५ का २७ वर्षीय १ जना पुरुष, ८ की २३ वर्षीय १ जना महिला, ९ का २६ वर्षीय १ जना पुरुष, १० का ३५ वर्षीय १ जना पुरुष तथा ११ की ६२ वर्षीय १ जना महिला रहेकी छिन् ।

पोखरामा यस अगाडि पनि २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु तनहुँ, स्याङ्जा तथा लमजुङमा १/१ जना सहित बाग्लुङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ८ सय ४७ पुगेको छ ।