जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ४५ जना सहित गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

जन्मभुमि खबर पोखरामा ४५ सहित शुक्रबार दिउसो गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा २ महिला, २ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ का २ पुरुष तथा २ महलिा, ६ का २ पुरुष तथा १ महिला, ७ का ३ पुरुष, ८ का २ पुरुष तथा १ महिला, १० का ३ पुरुष तथा ४ महिला, ११ का २ पुरुष तथा ३ महिला, १३ का २ पुरुष तथा २ महिला, १४ का २ पुरुष, १५ का १ पुरुष तथा २ महिला, १६ का १ पुरुष, १७ का २ पुरुष तथा ३ महिला, २६ का २ पुरुष तथा १ महिला, २७ का २ महिला, ३० का २ महिला, फेवासिटी अस्पतालका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै स्याङ्जा जिल्ला पुतलीबजारका २ पुरुष, वालिङकी १ महिला, पर्वत कुश्माका १ पुरुष तथा १ महिला, पैंयुका २ पुरुष, जलजलाकी १ महिला, तनहुँ व्यासका २ पुरुष तथा २ महिला, घिरिङका २ पुरुष, म्याग्दी मंगलका १ पुरुष, बेनीका १ महिला, कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ३६ पुगेको छ ।