जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ३५ जना सहित गण्डकीमा थप ५५ जनामा कोरोना संक्रमण

जन्मभुमि खबर  पोखरामा ३५ सहित गण्डकी प्रदेशमा मंगलबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं २ का १ पुरुष, ५ का ३ पुरुष तथा १ महिला, ६ का १ पुरुष तथा १ महिला, ७ का २ पुरुष तथा १ महिला, ९ का ३ पुरुष, १० का ४ पुरुष, ११ का १ पुरुष, १३ का २ महिला, १४ का १ पुरुष, १५ का २ पुरुष तथा १ महिला, १६ का १ पुरुष, १७ का २ पुरुष तथा १ महिला, १९ का १ पुरुष तथा १ महिला, २५ की १ महिला, २६ का १ पुरुष, २९ की १ महिला र ३१ का २ महिला रहेका छन् ।
त्यस्तै लमजुङ जिल्ला वेँसीशहरका १ पुरुष, सुन्दरबजारका २ महिला, राइनासका १ पुरुष तथा २ महिला, मस्याङ्दीका ३ पुरुष तथा ६ महिला, तनहुँ म्याग्देका १ पुरुष, बागलुङ जिल्ला बागलुङका १ पुरुष, बागलुङको धौलागिरि अस्पतालमा ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७६ पुगेको छ ।