जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ३४ जना सहित गण्डकीमा सोमबार थप ७९ जनामा कोरोना संक्रमण

जन्मभुमि खबर  पोखरामा ३४ सहित गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा २ महिला, ४ की १ महलिा, ५ का ३ पुरुष, ६ की १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ की १ महिला, १० का १ पुरुष तथा १ महिला, ११ का १ पुरुष तथा २ महिला, १२ का १ पुरुष, १३ का १ पुरुष, १४ का १ पुरुष तथा ४ महिला, १५ का २ पुरुष तथा १ महिला, १६ का १ पुरुष, १७ का ४ पुरुष, १९ का २ पुरुष। २४ का १ पुरुष रहेका छन् ।

त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेहरुमा लमजुङ जिल्ला बेँसीशहर १ पुरुष, मस्याङ्दीका १ पुरुष, मध्य नेपालका १ पुरुष तथा २ महिला, सुन्दरबजारका १ पुरुष, पर्वत कुश्माका ३ पुरुष, स्याङ्जा पुतलीबजारका १ पुरुष तथा १ महिला, वालिङका १ पुरुष तथा १ महिला, आँधीखोलाका १ पुरुष, तनहुँ शुक्लागण्डकीका ३ पुरुष तथा ६ महिला, भीमादका १ पुरुष तथा १ महिला, देवघाटका १ पुरुष, म्याग्दी मंगलाका १ महिला, बागलुङ जिल्ला बागलुङ नगरपालिका १ पुरुष, नवलपुर देवचुलीका २ पुरुष तथा १ महिला, गैंडाकोटका २ पुरुष तथा २ महिला, हुप्सेकोटका २ पुरुष तथा १ महिला, कावासोतीका ४ पुरुष तथा ३ महिला रहेका छन् । यस संगै गण्डकी प्रदेशका कोरोना संक्रमितको संख्या १४ हजार १९ पुगेको छ ।