जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ३२ जना सहित गण्डकीमा थपिए ३९ जना कोरोना संक्रमित

जन्मभुमि खबर  पोखरामा ३२ सहित गण्डकी प्रदेशमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनु्सार संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा १ महिला, २ की १ महिला, ४ का १ पुरुष, ५ का १ पुरुष, ७ का १ पुरुष तथा १ महिला, ८ का १ पुरुष, ९ का २ पुरुष, १० का २ पुरुष तथा १ महिला, ११ का १ पुरुष, १२ की १ महिला, १३ का १ पुरुष तथा २ महिला, १५ की १ महिला, १६ का ३ पुरुष, १७ का २ पुरुष तथा २ महिला, १८ का १ पुरुष तथा १ महिला, १९ का १ पुरुष, २१ क १ पुरुष रहेका छन् ।

त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा पुतलीबजारका १ पुरुष तथा १ महिला, गल्याङका १ पुरुष, तनहुँ व्यासकी १ महिला, शुक्लागण्डकीका २ पुरुष, पर्वत बिहादी १ पुरुष, रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय २५ पुगेको छ ।