जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २ वडा र रूपा गाउँपालिकाको कार्यलयको सेवा बन्द रहने

पोखरा ।
कास्कीको रुपा गाउँपालिका कार्यालयले प्रवाह गर्ने सेवा कात्तिक २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाले बताउनुभयो।

यसैगरी पोखरा महानगरपालिका वडा नं १ को सेवा पनि अर्को सूचना जारी नभएसम्मका लागि आजदेखी बन्द गरिएको छ । त्यस्तै गरी वडा नं १७ मा पनि कर्मचारीमा संक्रमण देखिएकाले यहि कात्तिक २३ गते देखि सेवा बन्द गरिने सूचना जारी गरिएको छ।