जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २६ जना सहित गण्डकीमा थपिए ३२ जना कोरोना संक्रमित

जन्मभुमि खबर  पोखरामा २६ सहित गण्डकी प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं २ का १ पुरुष तथा १ महिला, ३ का १ पुरुष, ४ का १ पुरुष, ५ का १ पुरुष, ६ का १ पुरुष तथा १ महिला, ८ का २ पुरुष तथा १ महिला, १० का ३ महिला, १२ का २ पुरुष, १३ का १ पुरुष तथा २ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ३ पुरुष, २८ का १ पुरुष, ३१ की १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ जिल्ला व्यास नगरपालिकाका २ महलिा, शुक्लागण्डकीका १ पुरुष तथा १ महिला, बन्दीपुरका १ पुरुष पर्वत जिल्ला बिहादीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १३ हजार ५ सय ५४ पुगेको छ ।