जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २४ सहित गण्डकीमा थपिए २७ कोरोना संक्रमित

जन्मभुमि खबर  पोखरामा २४ सहित गण्डकीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, ४ का २ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष तथा ६ महिला, ९का २ पुरुष, १० की १ महिला, ११ की १ महिला, १३ का १ पुरुष, १४ का १ पुरुष, १७ का ४ महिला, २६ की १ महिला रहेको छन् ।

त्यस्तै कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जा जिल्ला चापाकोटका १ पुरुष, लमजुङ जिल्ला बेँसीशहरकी १ महिला, तनहुँ जिल्ला व्यासका १ पुरुष रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १२ हजार ६ सय २५ पु्गेको छ ।