जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २४ जना सहित गण्डकीमा थप २९ जनामा कोरोना संक्रमण

जन्मभुमि खबर  पोखरामा २४ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, २ का १ पुरुष, ४ की १ महिला, ५ का १ पुरुष तथा १ महिला, ६ की १ महिला, ८ का १ पुरुष, १२ की १ महिला, १४ का ३ पुरुष तथा २ महिला, १५ की १ महिला, १७ का २ पुरुष तथा ३ महिला, १८ का १ पुरुष, १९ का २ पुरुष, २६ की १ महिला, २७ का १ पुरुष रहेका छन् ।

त्यस्तै स्याङजा वालिङका १ पुरुष तथा १ महिला, तनहुँ बन्दीपुरका १ पुरुष तथा १ महिला, म्याग्देका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ ।