जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २२ सहित गण्डकीमा थप २७ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ४०१ पुगेको छ । सोमबार दिउँसोसम्म प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भएसँगै थप संख्या बढेको हो ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं ४ का १ जना पुरुष, वडा नं ५ का २ जना पुरुष, वडा नं ६ का २ जना पुरुष, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का ३ जना महिला र २ जना पुरुष, वडा नं ९ का १ जना पुरुष, वडा नं १२ का २ जना महिला र १ जना पुरुष, वडा नं १३ का १ जना महिला, वडा नं १४ का १ जना पुरुष, वडा नं १५ का १ जना पुरुष, वडा नं १७ का १ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।

९ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान गरिएको हो । त्यसैगरी ११ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको हो । ७ जना संक्रमितहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशका डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ७ का १ जना पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं ४ का १ जना महिला, वडा नं ७ का १ जना महिला, लमजुङको बेशीसहर वडा नं ८ का १ जना महिला, पर्वतको कुश्मा नगरपालिका वडा नं ३ का १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।