जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १७ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखराका १७ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका २५ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र तनहुँका ३/३ जना तथा नवलपुरका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.४ का २५ वर्षीय पुरुष, वडा नं.६ का ६० वर्षीय पुरुष तथा २९, ३०, ४९ र ५७ वर्षीया महिला, वडा नं.८ का ६६, ६०, ७० र ८४ वर्षीय पुरुष, वडा नं.१५ का ४२ र ३२ वर्षीय पुरुष तथा ६२ वर्षीया महिला, वडा नं.१६ का १९ वर्षीय पुरुष, वडा नं.१७ का ४४ वर्षीय पुरुष, वडा नं.२७ का ३९ वर्षीय पुरुष र वडा नं.२८ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ का ३० वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.३ का ४७ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी वडा नं.४ का ३६ र ३२ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला एवं नवलपुरको मध्यविन्दु वडा नं.६ का ८१ वर्षीय पुरुष, गैंडाकोट वडा नं.२ का १७ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १८९ पुगेको छ ।