जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १६ सहित गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर ,पोखरा । पोखराका १६ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका १९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, तनहुँका २ जना र लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ की ७६ वर्षीया महिला, वडा नं. ५ का ५४ वर्षीय पुरुष तथा १३ वर्षीया महिला, वडा नं.६ का ३०, ३७, ३९ र ४० वर्षीया महिला, वडा नं.१५ का ५६ वर्षीया महिला, वडा नं.१७ की २४ वर्षीया महिला, वडा नं. १८ की ६३ वर्षीया महिला, वडा नं. २५ का ७० वर्षीय पुरुष, वडा नं. २७ की ४३ वर्षीया महिला, वडा नं.३० का ४२ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.३२ का ३५ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, तनहुँको शुक्लागण्डकी वडा नं. ५ का ४१ वर्षीय पुरुष, वडा नं. ११ का २९ वर्षीय पुरुष र लमजुङको राइनास वडा नं.६ की ४४ वर्षीया महिलामा पनि कोरोना देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १९ पुगेको छ ।