जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १६ जना सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर,पोखरा । पोखराका १६ सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै १६ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका १४ जना, तनहुँका ३ जना र स्याङ्जाका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ६० वर्षीय पुरुष, वडा नं.३ का ७२ वर्षीय पुरुष, वडा नं.८ का १९ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.१० का ४० वर्षीय पुरुष तथा १२ वर्षीया बालिका, वडा नं.११ की ३७ वर्षीया महिला, वडा नं.१४ का २०, २४ र ४० वर्षीय पुरुष, वडा नं.१५ का ५० वर्षीय पुरुष, वडा नं.१६ का ६० वर्षीय पुरुष, वडा नं.१७ का ३१ वर्षीय पुरुष, वडा नं.१९ का २८ वर्षीय पुरुष, वडा नं.२७ का ५१ वर्षीय पुरुष र वडा नखुलेका ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै, नवलपुरको बुलिङटार वडा नं.४ की ३४ वर्षीया महिला, बुङ्दीकाली वडा नं.३ का ३६ वर्षीय पुरुष, देवचुली वडा नं.१७ की ४० वर्षीया महिला, गैंडाकोट वडा नं.१ की २३ वर्षीया महिला, वडा नं.१० का ३२ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं.११ का ७४ वर्षीया महिला, हुप्सेकोट वडा नं.३ का २० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, कावासोती वडा नं.८ का २२ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, मध्यविन्दु वडा नं.१ की २३ वर्षीया महिला, वडा नं.१२ का ४५ वर्षीय पुरुष र वडा नं. १५ का १८ वर्षीय पुरुष, तनहुँको देवघाट वडा नं.५ का ३४ वर्षीय पुरुष तथा ३४ वर्षीया महिला, भानु वडा नं.११ का ६४ वर्षीय पुरुष एवं स्याङ्जाको वालिङ वडा नं. ८ का ६१ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५६३ पुगेको छ ।