जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका १० जना सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि

जन्मभुमि खबर ।  पोखराका १० सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार प्रदेशका २ वटा जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ११ जना रहेका छन् भने म्याग्दीका १ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का १२ वर्षीय पुरुष सहित २८ वर्षीय पुरुष, वडा नं.२ की २८ वर्षीया महिला, वडा नं.३ का ३६ वर्षीय पुरुष, वडा नं.४ की ४४ वर्षीया महिला, वडा नं.५ का ६७ वर्षीय पुरुष, वडा नं.६ का ४५ वर्षीय पुरुष, वडा नं.९ का २८ वर्षीय पुरुष, वडा नं. १० की ३८ वर्षीया महिला र वडा नं.१६ का ४६ वर्षीय पुरुष एवं म्याग्दीको बेनी नगरपालिका वडा नं.१ की ३१ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५१७ पुगेको छ ।