जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्बीचोकबाट बालिकाले लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा दुई जना पक्राउ

जन्मभुमि खबर,पोखरा – बालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पोखराको पृथ्बीचोकस्थित पोखरा मल भित्रबाट पोखरा महानगरपालिका -१७ घारीपाटन निवासी रमिला पौडेलकी ५ वर्षीया छोरीले कानमा लगाएको सुनको मुन्द्रा ललाई फकाई चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा -११ फूलबारी बस्ने २२ वर्षीया एलिसा गुरुङ र पोखरा -११ रानिपौवामा सुन पसल संचालन गर्दै आएका वर्ष ३० का विजय सुनार रहेका छन् ।

उनीहरुले गएको आइतबार दिउँसो अन्दाजी १ :३० बजेको समयमा पोखरा मल भित्रबाट उक्त नाबालिकाले कानमा लगाएको एकजोर सुनको मुन्द्रा चोरी गरेर भागे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पीडितहरुले दिएको हुलियाका आधारमा खोजतलास गरेको कास्की प्रहरीले एलिसा गुरुङलाई पोखरा -४ पालिखेचोक र विजय सुनारलाई रानिपौवाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।