Home / राजनीति / पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन।

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन।

काठमाडौं,१९ फाल्गुण।

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते उनलाई सुरूमा ललितपुरकाे मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे ।

नेता अधिकारीलाई हेर्न पुगेका मोरङ समाज काठमाडौँका अध्यक्ष कृष्णमुरारी कोइरालाका अनुसार भेन्टिलेटरमा नेता अधिकारीको श्वास प्रश्वास कम हुँदै गएको थियो । अधिकारीको निधन भएको खबर पाएसँगै अस्पताल परिसरमा आफन्त र शुभेच्छुकको रुवाबासी भएको छ ।

फोक्सो र मुटुमा समस्या हुँदा तीन हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई बचाउन नसकिएको ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्त र अस्पतालको क्रिकिटल केयर सर्भिसेजका संयोजक डा.हेमराज पनेरूले दिएका छन् । शनिबार दिउँसो मात्रै डा. हेमराज पनेरु र डा. पन्तले विज्ञप्ति सार्वजनिक गर्दै बचाउन सक्ने सम्भावना न्यून रहेको बताएका थिए ।

About janmabhumi