जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वसभमुख महराकि पत्नी सिताको कोराना संक्रमणबाट निधन

काठमाडौं।                                                                    पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।