जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाठ्यक्रममा मुक्तक समावेश अभियानले” शिक्षा बिकास तथा समन्वय इकाई समितिलाई ज्ञापनपत्र बुझायो

जन्मभुमि खबर,पाेखरा । मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूलउद्धोषलाई आत्मा साथ गर्दै २०६५ सालमा स्थापित मुक्तक मञ्च पोखराले मुक्तकको सैद्धान्तिकपक्ष र उत्कृष्ट रचनाहरुलाई बिद्यालय तह देखी विश्वबिद्यालय तहको पाठ्यक्रम समावेश गरियोस् भन्नै आफ्ना अभियानलाई तिव्र बनाएको छ ।

नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ जुन लोकप्रियता पाएको भएनि औपचारिक अध्ययनरअध्यापनमा नसमेटिएकाे कारण मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले शिक्षा बिकास समन्वय इकाई समिति कास्कीमा ज्ञापन पत्र बुभाएकाे छ । आईतवार मञ्चका अध्यक्ष तथा अभियानका संयाेजक रामजी प्रसाद आचार्यसहितकाे एक टाेलीले शिक्षा बिकास तथा समन्वय इकाई समिति कास्कीकी अधिकृत वविता शर्मालाई पाठ्यक्रममा मुक्तक समावेश गर्न अनुराेध गदै ज्ञापनपत्र बुझाएकाे हाे ।

ज्ञापनपत्र बुझ्दै शाखाकी शिक्षा अधिकृत वविता शर्माले मुक्तकलाइ पाठ्यक्रममा समावेश गराउन सहयाेग गर्ने प्रतिवद्धता व्याक्त गरे । केही दिन अघि मात्रै स्थानिय पाठ्यक्रम निर्माण कार्यदल बनेकाे जानकारी दिदैँ शर्माले साे कार्यदललाई पाठ्यक्रममा मुक्तक समावेश गर्न आवस्यक सहयाेग गर्ने बताए ।

सिङ्गो महाकाव्यले दिने वैचारिक प्रक्षेपण केवल ४ हरफको मुक्तकले दिने भएकाले मुक्तक विधाका माध्यमबाट विद्यार्थीहरुलाई दीक्षित गराउने सुवर्ण अवसर स्थानिय सरकारले दिनेमा विस्वस्त भएकाे मञ्चका अध्यक्ष तथा अभियानका संयाेजक आचार्यले बताए ।मुक्तक मञ्चका सल्लाहकार कृष्ण देबकोटाले मुक्तक विधालाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा समावेश गर्न आवस्यक रहेकाे औंल्याए ।

कार्यक्रममा अध्यक्ष रामजी प्रसाद आचार्य, उपाध्यक्ष भरत पौडेल, सचिव श्रीराम अधिकारी, प्रकाश अधिकारी, उप-समिति सचिव नविन भण्डारी, सल्लाहकार कृष्ण देबकोटा एवं सदस्यहरु विकास गौतम, गौरव ढुङ्गाना, नवराज पौडेल, राजेन्द्र बि क, सौगात तिमिल्सिना, सुवास पौडेल, कृष्णा पौडेल, सुरेन्द्र बि.क लगाएतले मुक्तक वाचन समेत गरेका थिए ।