जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्यटन प्रबद्वनका लागि पर्वतिय साइकिलिङ दौड हुने।

पोखरा,असोज २७।

पर्यटनको  राजधानी पोखरामा पर्यटन  प्रबद्वन गर्नका लागि पर्वतिय साइकिलिङ दौड हुनेे भएको छ।

दौडमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि करिब दुई सय जानाले भाग लिने पोखरा उद्योग बाणिज्य संघका महा- सचिव अर्जुन पोख्रेलले बताएका छन्।

उक्त दौड पोखरा बाराहि घाट हुदै गौरिघाट,सहिदचोक,राष्ट्रबैकचोक,ड्यामसाईड,डेबिजफल,तिब्बेतनमार्ग,फुर्सेखोलापुल,कमेरे,एकहाते,रामदि,मट्टिखान,चण्डिडाडा, फेेेेदिखोला गाउँपालिकाको वडा नम्बर १को रामकोट,कुभिण्डे,पोखरा२२कोउल्लेरि,खरिखानि,भयरथा,पैयेचौतारि,भुम्दि,ओख्लेडाडा,तुम्बेचौतारि,च्याल्खुडाडा,मतिराजचोक,स्वारा,लुकुनस्वारा,गौरीप्राबि,चिचिवोट,फेवातल,स्विमिङ्ग पुल घाट र पुन: बराहि घाटमा पुगेर समापन हुने छ ।

नेपाल सरकारले २०२० लाई नेपाल  भ्रमण  बर्षको मनाउदै छ। सोहि कार्यक्रमलाई सफल पार्नका साथै पोखरा २१ ले आगामी आर्थिक बर्ष ०७७/०७८लाई पर्यटन बर्ष मनाउने सोच लिएको छ।सो को प्रचारप्रसार गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्यले बताए ।

कार्यक्रम बिहान ८:३०बजे बराहि घाटबाट औपचारिक उद्घाटन भई सुरू हुने छ।