जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार महासंघ कास्की द्वारा ८ जना पोखरेली पत्रकार एकैपटक पुरस्कृत

जन्मभुमि खबर,पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो ।

जसमा अग्रज पत्रकार नारायण कार्कीलाई कृति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरियो । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी सूर्यबहादुर केसी परिवारले स्थापना गरेको सो पुरस्कार पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको छ ।

यस्तै, पोखरा पत्रकारिता सम्मानबाट सूर्यप्रेम बहुउद्देश्यीय ट्रष्टलाई प्रदान गरियो । महासंघले व्यक्ति विशेष र संस्थालाई क्रमशः सो सम्मान प्रदान गर्दैआएको छ ।

दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट महासंघका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भए । उनलाई ५५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरियो ।

गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, २०७७ बाट आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला सम्मानित भए । पुरस्कार राशि २५ हजार तथा सम्मानपत्र रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र रहेको छ ।

टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार कमल पौडेल अथक र २०७७ बाट मोतिसागर अधिकारी, जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी, २०७७ बाट भीम थापा, मीना सृजनशील पत्रकारीता पुरस्कार, २०७६ बाट रोशनी गुरुङ पुरस्कृत भए ।