जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पटनेरीमा घर भत्काउने क्रममा च्यापिएर मजदुरको मृत्यु

जन्मभुमि खबर,पोखरा । पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१५ स्थित पटनेरीमा स्थानीय तारा थापा मगरको १ तले ब्लकले बनेको घर भत्काउने क्रममा अचानक ब्लकको ढिस्को खसेर च्यापिंदा सोही स्थान बसी ज्यामीको काम  गर्ने ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार ब्लकले च्यापिएर गम्भीर घाईते भएका आचार्यलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।