जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा ३९१९ मा पिसिआर गर्दा १६२ लाई कोरोना पुष्ठि

जन्मभुमि खबर ।
नेपालमा बुधबार थप एक सय ६२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार नौ सय १९ पिसिआर परीक्षण गर्दा एक सय ६२ जना सङ्क्रमित फेला परेका हुन् ।

यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार तीन सय नौ पुगेको छ ।

यस्तै आज ५९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय ८६ पुगेको छ ।

यसैगरी कोभिड १९ बाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । कोरोेनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ३० रहेको छ ।